धरान : अनेरास्ववियू जिल्ला कमिटी सुनसरीको सचिवालय बैठकले सुनसरीका जिल्ला संयोजक जीवी गजललाई कारबाहीकोलागी  केन्द्रीय कमिटीमा सिफारिस गरेको छ ।

बैठकद्वारा सङ्गठनको विधि र विधान विपरीतको गतिविधि निरन्तर जारी राखेकाले बहुमतको निर्णय अनुसार जीवी गजललाई संयोजक पदमा नरहने गरी कारबाही गरिएको एक विज्ञप्ति जारी गरी जानकारी दिइएको छ ।

उक्त कारबाहीको निर्णयलाई अनुमोदन गर्नका लागि अनेरास्ववियू केन्द्रीय समिति समक्ष सिफारिस गरिएको अनेरास्ववियू जिल्ला कमिटी सुनसरीका सह-संयोजक वुद्रोस लिम्बुद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

यसै गरी अन्य चार जना विद्यार्थी नेताहरू कार्यालय सदस्य रोशन रेग्मी जिल्ला सचिवालय सदस्य नवराज खड्का, जनता बहुमुखी क्याम्पस इटहरीका संयोजक उज्ज्वल सिग्देल र महेन्द्र बहुमुखी क्याम्पस धरानका सह संयोजक शेखर रेग्मीलाई पनि सङ्गठनको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको जानकारी अनेरास्ववियू जिल्ला कमिटी सुनसरीले एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

विज्ञप्तिमा विद्यार्थी इन्चार्ज, नेपाल कम्युनिस्ट पार्टी (नेकपा), सुनसरीलाई बोदार्थ पनि दिइएको छ ।

Akhil-Bigyapti Akhil-Bigyapti-1