धरान : नेकपाकी केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सहइञ्चार्ज भगवती चौधरीले बहुमत प्रधानमन्त्रीलाई आफ्नै पार्टीका नेताहरूले काम गर्न नदिए पछि ताजा जनादेशमा जानुपरेको बताएकी छिन् ।

अनेमसंघ धरानमा शुक्रवार सम्पन्न वृहत् भेलालाई सम्बोधन गर्दै नेतृ चौधरीले सो कुरा बताएकी हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राम्रा कामहरूको प्रचार नगरी प्रचण्ड नेपाल समूहले उल्टै अनेक आरोप लगाउँदै खुल्याउने काम गरेको बताइन् ।

प्रधानमन्त्री ओलीले बाध्य भएर संसद् विघटन गर्दै ताजा जनादेशमा जाने निर्णय गरेको उनको जिकिर थियो । बहुमतको सरकार छ, तर आफ्नै पार्टीबाट कामै गर्न नदिएपछि प्रधानमन्त्रीले ताजा जनादेशमा जाने निर्णय गर्नुभएको हो,नेतृ चौधरीले भनिन् ।

आफ्नै पार्टीको सरकारलाई खुल्याउने मात्र नभै प्रथम अध्यक्ष प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने काम समेत गरेको बताइन् । भेलालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य विजय राईले संविधान र लोकतन्त्रको रक्षाको लागि चुनाव भन्दा अर्को विकल्प नभएको बताएका छन् ।

‘संविधानको रक्षा गर्नु, लोकतन्त्रको रक्षा गर्नु प्राप्त उपलब्धिहरूको रक्षाको लागि चुनाव भन्दा अर्को विकल्प छैन,’नेता राईले भने,‘नयाँ जनादेशमा जान्छु भन्नु लोकतान्त्रिक अभ्यास हो ।’ ‘समृद्ध नेपाल चाहने हो भने पार्टी अध्यक्ष प्रधानमन्त्री ओलीले नेतृत्व गरेको पार्टीमा आउनुस्’ उनले भने ‘कुनै बहानामा बाटो नविराउँनुस् म भन्न चाहन्छु ।

अर्का केन्द्रीय सदस्य मुरारी सुबेदीले पनि आफ्नै पार्टीको प्रधानमन्त्री विरुद्ध चौतर्फी घेराबन्दी गरेर सरकार सञ्चालनमा अवरोध पुर्याएकोले बाध्य भएर संसद् विघटन गर्नुपरेको दाबी गरे । ‘आफ्नै प्रधानमन्त्रीलाई चौतर्फी घेराबन्दी गरेर काम गर्न दिइएन । त्यसैले रहरले नभई बाध्य भएर संसद् विघटन गर्नुपरेको हो,’नेता सुबेदीले भने,‘प्रधानमन्त्री कुशल नेतृत्व भएकोले सिधै त्रिशूली नदीमा झर्ने गाडीलाई थोरै घाइते होस् भनेर भित्तामा ठोक्काएर जोगाएको हो ।’

उनले उपनिर्वाचनमा उपमहानगरको नेतृत्वले गरेको राम्रो कार्यलाई जनतासामु पुर्र्याउन पार्टीले रोक लगाउँदा पराजय भोग्नु परेको आरोप लगाए । ‘उपनिर्वाचनमा जाँदा हामीले १३–१४ वटा राम्रो कामको लिस्ट बनाएका थिँयौं, यो जनतामाझ पुर्र्याउनु पर्छ भनेर तर, व्यक्ति ९उपमेयर०लाई जस जान्छ भनेर जनतामाझ प्रचार गर्नमा निर्वाचन परिचालन कमिटीले नै रोक लगायो ।

प्रेसमा पुगेर छाप्न दिनुभएन, त्यसको परिणाम उपनिर्वाचनमा हार्नुपर्‍यो’ नेता सुबेदीले भने ‘पछि समीक्षामा सार्थीहरुले यत्रो धेरै काम भएको रैछ किन जनतामाझ पुर्र्याउनु भएन भन्नुभयो ।’ धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले पार्टी एकता पछि धरानमा नेतृत्वले पार्टी सम्हाल्न नसकेको र कार्यकर्ताहरूलाई उचित जिम्मेवारी दिएर समेट्न नसकेको बताइन् ।

उनले प्रश्न गर्दै भनिन्,‘अहिले पार्टी कहाँ छ रु युवाहरू कहाँ छन् रु अनेमसंघ कहाँ छ रु कुपी बालेर खोज्नु पर्ने अवस्था आएको छ । अब पार्टी कसरी चलाउने रु नेतृत्व कसरी गर्ने भनेर हामी देखाउँछौँ । उपमेयर भण्डारीले आफूलाई पार्टीले असहयोग गर्दै बदनाम गर्ने काम गरेको बताइन् ।

सोही कारणले उपचुनावमा हार भएको उनको भनाई थियो । भेलालाई नेकपा केन्द्रीय सदस्य एवं उपमेयर लक्ष्मी गौतम, अनेम सङ्घ केन्द्रीय सदस्य अमृता सुब्बा, भूमिहीन सुकुम्वासी सङ्घ, १ नम्बर प्रदेश कमिटी अध्यक्ष नरेन्द्र राईले सम्बोधन गरेका थिए ।

अनेमसंघ धरान नगर अधिवेशन आयोजक कमिटी गठन
अखिल नेपाल महिला सङ्घ धरानको नगर अधिवेशन आयोजक कमिटी गठन भएको छ ।

Anema-Sangh

शुक्रवार धरानमा सम्पन्न सङ्घको वृहत् भेलाले महिला नेतृ लहरु जिमी संयोजक रहेको ९५ सदस्यीय नगर अधिवेशन आयोजक कमिटी सर्वसम्मत गठन गरेको हो । कमिटीको सहसंयोजकमा कल्पना शेर्पा रहेकी छिन् भने सचिवमा सविता राई र सहसचिवमा इन्द्रकला राई रहेकी छिन् ।

यसै गरी, कोषाध्यक्षमा झरना सुनुवार चुनिएकी छिन् । कमिटी गठनको घोषणा नेकपा केन्द्रीय सदस्य तथा इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले गरेकी थिइन् भने पुर्वसांसद एवं कवयित्री कुन्ता शर्माले टिका लगाएर शुभकामना दिएकी थिइन् ।

कमिटीले आगामी ६ महिनाभित्र नगर अधिवेशन गर्ने जनाएको छ ।