पथरी : भौसाबारीमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

शुक्रवार कानेपोखरीमा रहेको बालजगत बोडिङ स्कुलको ना १ क ३००९ नम्बरको बसले ठक्कर दिँदा रंगेली दर्बेशाकी गीता भट्टराई नेपालको मृत्यु भएको हो ।

सोही स्थानका विकल भट्टराई घाइते भएका छन् । मृतक भट्टराई साना किसान सहकारी संस्था दर्बेशाकी अध्यक्ष हुन । सहकारीको काम बाट इटहरीबाट घर फर्किनेका क्रममा भौसाबारीमा बसले ठक्कर दिएको र गाडी पछि सारेर किचेको स्थानीयवासीले बताए ।

स्थानीयवासीले चालकलाई तत्काल कारबाहीको माग गर्दै केही समय नारा जुलुस र सडक अवरुद्ध गरेका थिए । इलाका प्रहरी कार्यालय पथरीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि मङ्गलवारे लगिएको छ भने घाइतेको उपचारका लागि विराटनगर लगिएको छ ।