धरान : बिदाको दिन शनिबार पनि सरकारी कर्मचारीले आफ्नो निजी काममा सरकारी सवारी साधन प्रयोगमा ल्याएको भन्दै इनरुवा ट्राफिकले सरकारी नम्बर प्लेटका सवारी नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरी कार्यालय सखुवागाछीले आज १० वटा सरकारी नम्बर प्लेटका मोटरसाइकल र १ वटा जिप नियन्त्रणमा लिएको हो ।

सरकारी गाडी लिएर कर्मचारीहरू राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडको साधारण सभा पछि नयाँ नेतृत्व चयनका लागि आयोजित चुनावमा सहभागी हुन सरकारी सवारी साधनमा नेपाल निजामती कर्मचारी सङ्गठन इनरुवा पुगेका थिए ।

बिदाको दिन शनिबार सरकारी कर्मचारीहरूले सरकारी सवारीको दुरुपयोग गरेको भन्दै माथिबाट आदेश आएकोले सवारीहरूलाई सिक्रीले बाँधेर नियन्त्रणमा लिएको हो ।