धरान : नेवार एकता समाज धरानले आफ्नो आठौँ वार्षिक उत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट २ सय १९ पिन्ट रगत सङ्कलन भएको छ ।

नेवार एकता समाज वडा नं. ३ ले शनिवार चिनिया चोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा २ सय १९ पिन्ट रगत सङ्कलन भएको हो ।

गत वर्ष नेवार एकता समाजको रक्तदानमा मुलुकभरिमै सबैभन्दा धेरै ६ सय ५ पिन्ट रगत सङ्कलन भएको थियो ।

धरानलाई रक्तदाताहरूको सहरका रूपमा समेत परिचित गराउने पवित्र उद्देश्य पूरा गराउने अभियानलाई लिएर नेवार एकता समाजले प्रत्येक वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको समाजका नगर अध्यक्ष राजुमान श्रेष्ठले जानकारी दिए ।

आयोजित बृहत् रक्तदान कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सहयोग गर्ने पत्रकार,रक्तदान कार्यक्रममा सहभागी भएका रक्तदाता, स्वास्थ्यकर्मी, नेपाल स्काउट प्रहरी एवं संघसंस्थाहरुलाई नेवार एकता समाज धरान-३ का अध्यक्ष गङ्गा श्रेष्ठले हार्दिक धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा रक्तदाताहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।