धरान : कोरोना महामारीका बाबजुद पनि नेपाल लाइफ इन्सुरेन्स धरानलाई मिलिएन डलर राउन्ड टेबल एमडीआरटीको लक्षमा पुर्‍याउने दुई जना एजेन्सी म्यानेजरलाई सम्मान गरिएको छ ।

सम्मानित हुने एजेन्सी म्यानेजरहरूमा नेपाल लाइभ इन्सुरेन्स धरानका एजेन्सी म्यानेजर शशी शाह र कविता राई रहेका छन् ।

कोरोनाको महामारीको बेलामा पनि एमडीआरटीको अन्तराष्ट्रिय सदस्य बन्न सफल भएको भन्दै लाइफ इन्सुरेन्स धरानले सम्मान गरेको सम्मानित व्यक्तित्व सुनसरी उद्योग वाणिज्य सङ्घका सदस्य समेत रहेका शशी शाहले बताए ।