चतरा : नेपाली काँग्रेस सुनसरी निर्वाचन क्षेत्र नं ४ प्रदेश सभा १ को आयोजनामा वराहक्षेत्रको चक्रघटीमा शनिवार विरोध प्रदर्शन संगै सभा सम्पन्न भएको छ ।

कम्युनिस्टको किल्ला भनेर चिनिने वराहक्षेत्र नगरपालिकाको केन्द्र चक्रघटीमा आयोजना भएको कम्युनिस्ट सरकारले गरेको संसद् विगठनको विरोध गर्दै हजारौँ काँग्रेसका कार्यकर्ताहरू सहभागी भएका थिए ।

नेपाली काँग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम एकै दिन देशमा ३ सय ३० वटै क्षेत्रीय प्रदेश सभामा विरोध प्रदर्शन गर्ने निर्माण बमोजिम क्षेत्र नं ४ को प्रदेश सभा १ ले आयोजना गरेको विरोध प्रदर्शनमा सहभागीहरूले चक्रघट्टी नगर परिक्रमा समेत गरेका थिए ।

बसपार्कबाट सुरु भएको र्‍याली मुनान चौक, रेल्वेलाई हुँदै आइतबार, बुधबारे चोक हुँदै पुर्न चक्रघट्टीको बसपार्कमा सभाको रूपमा परिनत भएको थियो । र्‍यालीमा सहभागीहरूले कम्युनिस्ट सरकारको कदम विरुद्ध चर्को नारा समेत लगाएका थिए ।

संविधानको विरुद्ध असंवैधानिक संसद् विघटन केपी ओलीको सनकले जनताको आन्दोलनबाट प्राप्ति उपलब्धिहरू खतरामा भरेको भन्दै सरकार सँगै कम्युनिस्ट पार्टी बिरुद्ब नाराबाजी गरेका थिए ।

विरोध सभाको प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की रहेका थिए ।

सभामा नेपाली काँग्रेसका महासमिति सदस्य तथा राज्य प्रशासन विभाग सदस्य बाबुराम विष्ट, महासमिति सदस्य तथा गत निर्वाचनमा प्रदेश सभाका उम्मेदवार रेवतीरमण दुलाल, महासमिति सदस्य तथा नेपाल महिला सङ्घ केन्द्रीय सदस्य अनु गुरुङ, क्षेत्र नं ४ सभापति अयुब अन्सारी, महासमिति सदस्य नन्द सिग्देल, जीवन विष्ट , काँग्रेस नेताहरू मुना अधिकारी, सुरेन्द्र गुप्ता, शम्भु साह, सुशीला खनाल, रत्न राउत लगायत अतिथिहरु रहेका थिए ।

कार्यक्रमको सभाध्यक्ष क्षेत्र नं ४ प्रदेश सभा १ सभापति उपेन्द्रबहादुर कट्बाल र कार्यक्रम संन्चालक सचिव रमेश कार्कीले गरेका थिए ।