धरान : धरान-१५ मा रहेको सुम्निमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो तेस्रो अधिवेशन तथा १० औँ साधारण सभा सम्पन्न गरेको छ ।

आइतबार धरानमा रहेको गोर्खा डिपार्टमेन्ट स्टोरको सभा हलमा सहकरीको तेस्रो अधिवेशन तथा १० औँ साधारण सभा सम्पन्न भएको हो । सहकारीले आर्थिक वर्ष २०७६/७७ को लाभांश ६ प्रतिशतले वितरण गर्ने भएको छ । सहकारीले आर्थिक वर्ष २०७६/७७ को लाभांश जेनेरल सेभिङ खाताबाट प्रदान गर्ने सहकारीका अध्यक्ष सोनाहाङ राईले जानकारी दिएका छन् ।

उनले सहकारीका सम्पूर्ण शेयर सदस्यहरूलाई लाभांश प्राप्त गर्नका लागि संस्थामा रहेको जेनेरल सेभिङ खाता खोल्न अनुरोध गरेका छन् । उक्त खाता माघ दोस्रो हप्ताभित्र खोलिसक्नुपर्ने बताउँदै उनले उक्त खातामा नै लाभांश प्रदान गरिने जानकारी दिएका छन् ।

उक्त १० औँ साधारण सभा कार्यक्रममा उत्कृष्ट बजार प्रतिनिधि, उत्कृष्ट बचत कर्ता, उत्कृष्ट बचत तथा ऋण कारोबार कर्ता, उत्कृष्ट कार्यसमिति सदस्यलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैङ्क लि. धरान शाखाका संयोजक तथा जिल्ला सहकारी सङ्घ सुनसरीका वरिष्ठ उपाध्यक्ष एवम् धरान १५ नम्बर वडाका वडाध्यक्ष नरेशकुमार इवारम रहेका थिए । विशेष अतिथिमा जिल्ला सहकारी सङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ रहेका थिए ।

सहकारीका अध्यक्ष सोनाहाङ राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा धरान नगर सहकारी समन्वय समितिका संयोजक मिसन लामा, विभिन्न सहकारीका प्रतिनिधि, संस्थाका शेयर सदस्य तथा कर्चारीहरुको सहभागिता रहेको थियो ।

अध्यक्षमा पुनः सोनाहाङ राई चयन

सहकारीको अध्यक्षमा पुनः सोनाहाङ राई चयन भएका छन् ।

शनिवार भएको तेस्रो अधिवेशनबाट राई सहकारीको पुनः सञ्चालक समिति अध्यक्ष बनेका हुन् । यसै गरी उपाध्यक्षमा सुमन लिम्बु चयन भएका छन् भने सदस्यहरूमा तुलसी लिम्बु, महेन्द्र गोले तामाङ, प्रदीप कुमार राई, डिल्ली कुमार फोम्बो, मङ्गल सिंह लिम्बु, सन्तोष राई (क), सन्तोष राई९ख०, सुरज राई र सङ्गीता राई तुम्बापो चयन भएका छन् ।

Sahakari-1

यसै गरी हर्क लक्ष्मी राई लेखा समिति संयोजकमा चयन भएकी छन् भने सदस्यहरूमा डिक बहादुर आले मगर र उत्तम खत्री चयन भएका छन् ।