पथरी : मोरङको लेटाङ-१ अधेरीमा भएको सडक दुर्घटनामा १ जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् ।

शुक्रवार साँझ लेटाङ बाट साग्मा हिँडेको बोलेर सडकबाट अनियन्त्रित भई दुर्घटनामा परेको हो । 

मृत्यु हुनेमा लेटाङ १ का नैनकुमार तामाङ रहेका छन् ।

गम्भीर घाइतेहरू मध्ये ९ जनाको विराट नर्सिङ होम र  ७ जनाको पाथीभरा मेडिकल हल लेटाङमा उपचार भइरहेको छ ।