धरान : आज बस्ने भनिएको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ ।

आज बिहान ८ बजे देखि धरान उपमहानगरपालिकाका विभिन्न एजेन्डाहरूमा छलफल तथा निर्णय गर्न कार्यपालिका बैठक बस्ने टुङ्गो लागेको थियो । तर पछिल्लो राजनीतिक अवस्थाका कारण धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्न नसकिएको मेयर तिलक राईले बताए ।

अर्को बैठक कहिले बस्ने भन्ने बारेमा निर्णय भई नसकेको मेयर राईले बताएका छन् । चाडै टुङ्गो लगाएर बैठक बोलाउने बताइएको छ ।