धरान : नेकपा ओली समूहको अखिल नेपाल महिला सङ्घ धरान उपमहानगर कमिटीले अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार धरान-१ स्थित सुनसरी उद्योग वाणिज्य सङ्घको हलमा अगुवा कार्यकर्ताहरूलाई प्रशिक्षण दिएको हो । सङ्घकी धरान अध्यक्ष लहरु जिमीको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम आयोजना भएको थियो ।

प्रशिक्षणमा सङ्घको उपमहानगर कमिटीका ९५ जना सदस्यहरू सहभागी भएको अध्यक्ष जिमीले जानकारी दिइन् ।

सङ्घका सदस्यहरूलाई नेकपा केन्द्रीय सदस्य तथा अनेमसंघ सुनसरी जिल्ला इन्चार्ज लक्ष्मी गौतम र नेकपा केन्द्रीय सदस्य मुरारी सुवेदीले प्रशिक्षण दिएका थिए ।

गौतमले अनेमसंघको इतिहास, महिला आन्दोलन, सङ्गठनको संरचना र विस्तारबारे प्रशिक्षण दिएकी थिइन् भने सुवेदीले नेकपाका कार्यकर्ताहरूलाई आर्थिक विकासको पाटोमा जोड्दिएका थिए । यसै गरी, प्रशिक्षण कार्यक्रममा नेकपा केन्द्रीय सदस्य मोतीराज सुनुवारले पनि प्रतिरक्षात्मक मन्तव्य राखेका थिए ।

नेतृ गौतमले सङ्घको धरान उपमहानगर कमिटीलाई बैठक बसेर वडा इन्चार्ज, सहइञ्चार्ज तोक्ने निर्देशन पनि दिएकी सचिव सविता राईले जानकारी दिइन् । यसै गरी, वडा कमिटी गठन गर्ने, सदस्य वितरण र नवीकरण गर्ने निर्देशन पनि गौतमले दिएको सचिव राईले बताइन् ।