धरान : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् ।

राई आइतबार मिस मङ्गोल २०१८ की विजेता जाङ्मु इन शेर्पासँग काठमाडौँमा विवाह बन्धनमा बाँधिएका हुन् ।

Serdhan-Rai-Bibaha-2
बालुवाटारस्थित एलिश रिसेप्सन्समा विवाह समारोहको आयोजना भएको थियो । विवाहमा अति निकटका सानो समूहलाई मात्र आमन्त्रण गरिएको थियो ।

Serdhan-Rai-Bibaha-3

विवाहमा दुलहीको तर्फबाट शेर्पा विधिअनुसार गरेर बिदाइ गरिएको थियो भने दुलाहाको घरमा भित्र्याउँदा राई विधिबाट भित्र्याइको थियो ।

Serdhan-Rai-Bibaha-5

भोजपुर निवासी ४९ वर्षीय मुख्यमन्त्री राई र सङ्खुवासभा निवासी २३ वर्षीया मोडल शेर्पा बिच विवाह भएको हो । उनीहरूबिच प्रेम सम्बन्ध भएर विवाह भएको बताइएको छ । उमेर अन्तरको चर्चा चले पनि कानुनतः यसले कुनै फरक पर्ने छैन ।

तस्बिरहरु : मुख्यमन्त्रीको सचिवालय र ध्रुव सुबेदीको फेसबुकबाट

Serdhan-Rai-Bibaha-4 Serdhan-Rai-Bibaha-7 Serdhan-Rai-Bibaha-6