इटहरी : कुनै पनि कार्यक्रम तथा इभेन्टको बारेमा जानकारी दिन मिल्ने 'इभेन्ट्स एनपी'वेबसाइट सञ्चालनमा आएको छ । जस मार्फत अनलाइन इभेन्ट दर्ता गर्न सकिने र त्यसबारे प्रचार गर्न सकिने विकल्पहरू राखिएका छन् ।

निःशुल्क रजिस्ट्रेसन गर्न सकिने वेबसाइटमा  म्यासेन्जर च्याट मार्फत जानकारी दिन तथा इभेन्ट अपडेट गर्न सकिने छ । जसले हाल भइरहेका र विगतमा भएका सम्पूर्ण कार्यक्रमको बारेमा जानकारी गराउँछ । एनपी सञ्चालकका अनुसार विभिन्न किसिमका इभेन्ट्सको एक साझा गन्तव्य बन्ने तयारी स्वरूप अनलाइन इभेन्ट दर्ता, प्रमोसन गर्न मद्दत गर्ने गरी वेबसाइट सुरु भएको हो ।

पहिलो चरणमा इभेन्टहरुको जानकारीको लागी वेबसाइट मात्रै सञ्चालनमा ल्याएको केही समयमै मोबाइल एप लन्च गर्ने कार्यक्रम रहेको सञ्चालकहरूको दाबी छ ।'इभेन्ट्स एनपी'ले प्रयोगकर्तालाई इभेन्टको बारेमा अपडेट तथा जानकारी समेत दिने गरेको छ ।, वेबसाइटका प्रबन्ध निर्देशक बिबेश नेपालले भने, 'इभेन्ट्स एनपी'मा इभेन्ट, वेबिनार, मिटअपहरु दर्ता गर्न 'इभेन्ट्स एनपी'को वेबसाइटमा गई सवमिट इभेन्ट अप्सनमा क्लिक गरी आफूले आयोजना गर्न लागेको इभेन्ट, वेबिनार तथा मिटअपको बारेमा जानकारी पठाउन सकिने छ ।”

हालमा 'इभेन्ट्स एनपी'ले ५० भन्दा बडी इभेन्ट्सलाई कबर गरी सकेको नेपालको दाबी छ । 'इभेन्ट्स एनपी' युवाहरूले खोलेको स्टार्टअप हो जसमा केबल १८ देखी २२ वर्ष नकटेका युवा छन् । मुकुल श्रेष्ठ, बिबेश नेपाल, कुनाल शाह, सेवाक गौतम र निर्देश पोख्रेल सो वेबसाइटका संस्थापक हुन् ।