झापा : मानव बस्तीमा इँटा उद्योग खोल्ने तयारी गरेपछि स्थानीयवासी विरोधमा उत्रिएका छन् ।

झापाको कमल गाउँपालिका १ स्थित रतनचौनमा गाउँलेको असहमति हुँदाहुँदै जबरजस्ती उद्योग खोल्न लागेको भन्दै पत्रकार सम्मेलन गरेर कुनै हालतमा उद्योग खोल्न नदिने बताएका हुन ।

दमकका उद्योगी गुणराज थापाले स्थानीयहरूको विरोधका वावजुत प्रदूषण फैलाउने र मानव बस्तीलाई विस्थापित गराउने उद्योग खोल्ने तयारीको वर्षौँदेखि विरोध गर्दै आएको स्थानीयहरू बताउँछन् ।

उद्योगीले पहिले कुरा मात्र गर्ने गरेको तर यसपटक उद्योगकालागी संरचना निर्माण गर्न भन्दै सामान झार्न थालेपछि स्थानीयहरू अझ बढी त्रसित भएको बताउँछ ।

गाउँघरमा उद्योग खोल्नु राम्रो भए पनि स्थानीयहरूको विरोधलाई बेवास्ता गर्ने र पेलेर जाने उद्योगीको रवैयालाई स्थानीयहरूले विरोध गरेको स्थानीयहरूले बताएका छन् ।

स्थानीय सरकारले समेत अनुमति नदिएको उद्योग खोल्ने उद्योगीले बताइरहँदा यसको अनुमति सम्बन्धित निकायबाट लिनकालागी पहल गरिरहेको बुझिएको छ ।

पैसा र आफ्नो निकटका सम्बन्ध भएका मानिसहरूलाई प्रलोभनमा पारि मानव स्वास्थ्य र स्थानीयलाई विस्थापित गराउने उद्योग खोलिए उद्योग विरुद्ध जुनसुकै कदम चाल्ने स्थानीयहरू बताउँछ ।