चतरा : सुनसरीको वराहक्षेत्र नगरपालिकामा क्रियाशील रहेका पत्रकारहरूको छाता संस्था ग्रामीण पत्रकार समूहले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

समूहले स्थापना भएको अवसरमा माघ २६ गते रक्तदान गर्न लागेको हो । २०७४ सालमा संस्थापना भएको समूहले सामाजिक उत्तरदायित्व कार्यक्रम अनुसार रक्तदान कार्यक्रम गर्न लागेको ग्रामीण पत्रकार समूहका सचिव सङ्गम विष्टले बताए ।

२६ गते सोमवार बिहान आठ बजेदेखि चक्रघट्टि स्थित नगरपालिका अगाडि औपचारिक कार्यक्रम गरेर रक्तदान कार्यक्रम आयोजना गरिने समूहका अध्यक्ष हिरण्यकुमार कार्कीले बताए ।

सामाजिक क्रियाकलापमा पत्रकारहरुहरुको प्रत्यक्ष सहभागिता सँगै आयोजना रहोस् भन्ने उद्देश्य राखिएको रक्तदान क्रियाकलापमा सहभागीताकोलागि अध्यक्ष कार्कीले आव्हान समेत गरेका छन् ।