• बसन्त राई

धरान : २ वर्षदेखि क्यान्सर रोगबाट पीडित ४० वर्षीय भीम कुमारी राईलाई मानव अधिकारवादी संस्था सफेद चरण धरानले निज निवासमै पुगेर बाह्र हजार पाँच रुपैयाँ सहयोग गरेको छ।

राई धरान-५ आँपटारमा अस्थाई रूपमा केही समय अघिदेखि बस्दै आएका थिइन्।

पीडित राईले खुट्टामा क्यान्सर रोग लागेपछि हाल भरतपुर अस्पतालमा केमोथेरापिको लागि आउने जाने गरिरहेको बताइन।

हाल उपचार कालागि भरतपुरमा रहेकी राईको सहयोग रकम पीडितकी सहयोगीलाई प्रदान गरिएको छ।

रकम हस्तान्तरण गर्दै मानव अधिकारवादी संस्था सफेद चरण धरानका अध्यक्ष महेशचन्द्र राजवंशीले थप रकम उपचारको लागि पहल गरिने समेत बताए।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाली काङ्ग्रेस धरानका महासमिति सदस्य नन्दराज राई, नेपाली कङ्ग्रेस धरान नगर सह-सचिव पञ्चकला राई लगायत सफेद-चरण धरानका समिति सदस्यहरूको उपस्थिति रहेको थियो।