झापा : झापाको अर्जुनधारा नगरपालिका-५ लक्ष्मीपुरमा गजेन्द्र कट्वालले संचालन गरेको किराना पसलामा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

बिहिवार राती साँढे ७ बजे आफ्नो पसलमा चोरी भएको भनी जानकारी गराए लगत्तै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सिसिटिभी फुटेज आधारमा अर्जुनधारा नगरपालिका-४ का ४१ बर्षीय बिक्रम दनुवारलाई राती नै पक्राउ गरेको हो ।

पक्राउ परेका दनुवारको साथबाट प्रहरीले पसलबार चोरी भएको भनिएको नगद एक लाख अठचालीस हजार छ सय पैसठी रुपैँया र भारतिय नोट पन्द्र सय समेत बरामद गरेको छ ।

पक्राउ परेका दनुवारको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।