धरान : झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर र अन्य लागुऔषध सहित ३ जना पक्राउ परेका छन् ।

ब्राउनसुगरको ओसार पसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी झापाको टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतीय नागरिक किसनगंग धनतोलाका २२ वर्षीय अहमद हुसेन र २६ वर्षीय महमद जमसेहलाई ९८० मिलिग्राम ब्राउनसुगर सहित झापा गाउँपालिका ४ बाट पक्राउ गरेको हो ।

यसै गरी सुनसरीको कोसी गाउँपालिका-१ लौहकीबाट लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ परेका छन् ।

को २२ प १६२३ नम्बरको मोटर साइकलमा सवार रहेका बराहक्षेत्र नगरपालिका ६ का ३३ वर्षीय हेमराज नेपालीलाई रोकेर चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध स्पास्मोप्रोक्सिभान १४४ ट्याब्लेट बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका तिनै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।