धरान  : सहिद दिवसको अवसरमा आज माघ १६ गते उदयपुर जेसीजले आयोजना गरेको “नेतृत्व विकासमा जेसीजको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगितामा प्याराडाईज विद्यालयका सुनिल घिमिरे प्रथम भएका छन् ।

त्रियुगा नगरपालिकाको उपप्रमुख देवीकुमारी चौधरीको प्रमुख आतिथ्यतामा आज माघ १६ गते सम्पन्न उक्त प्रतियोगितामा सगरमाथा विद्यालयकी मनीषा घिमिरे दोस्रो तथा नमुना मा.वि.का विजय खड्का तेस्रो भएका छन् ।

त्रियुगा नगरपालिकाका विभिन्न माध्यमिक विद्यालयहरूका विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रमको सभापतित्व उदयपुर जेसीजकी अध्यक्ष शर्मिला थापाले गरेकी थिइन् । बालबालिकाहरुहरुको अन्तर निहित प्रतिभा प्रस्फुटन गर्न तथा उनीहरूको वाक्कलालाई अझ निखार ल्याउन कार्यक्रम आयोजना गरिएको थापाले बताइन् ।

प्रतियोगिता बरुवा क्याम्पस उदयपुरका प्राचार्य भीम खड्का तथा उदयपुर जेसीजका निवर्तमान अध्यक्ष सन्तोष गुप्ता रहेका थिए । उदयपुर जेसीजले विगत ४ दिनदेखि महिला, बालबालिका तथा समुदायमा समर्पित रही कार्यक्रमहरू आयोजना गरिरहेको छ ।