चतरा : वराहक्षेत्र-२ चतरामा रहेको आदर्श माध्यमिक विद्यालयका बिद्यार्थीहरुले शुक्रवार सहिद दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाएका छन् ।

बिद्यार्थीहरुले स्वतन्त्र प्रतिभा प्रस्फुटन, हेनराइटिङ्ग , म्याथ रेस , चकलेट रेस , हाजिर जवाफ जस्ता शैक्षिकसँगै नृत्य , गायन साङ्गीतिक कार्यक्रम आयोजना गरेर सहिद दिवस मनाएका हुन् ।

कक्षा १२ का विद्यार्थी नवराज बिस्टको सभाध्यक्षता सम्पन्न कार्यक्रमको संन्चालक विद्यार्थी दिपा मग्रान्तीले गरेकी थिइन । विद्यालयका सहायक प्रधानाध्यापक ज्ञानबहादुर पाण्डे कार्यक्रमको प्रमुख अतिथि रहेका थिए ।

बिद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा शिक्षक लक्ष्मीप्रसाद लिम्बू , हर्क दुलाल, दिपनारायण धामी, सपना राई, शान्तिराम खतिवडा , रमेश चौहान लगाएका शिक्षकहरूले शुभकामना मन्तव्य राखेका थिए ।