चतरा : चक्रघटि जेसीजको ७ औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम शनिवार वराहक्षेत्र सम्पन्न भएको छ ।

सन् २०२० का अध्यक्ष सन्तोष चौलागाईले आफ्नो जेसीज चेन सन् २०२१ का अध्यक्ष तीर्थराज भट्टराईलाई लगाएर आफ्नो पद हस्तान्तरण गरेका थिए ।

जेसीजको साधारण सभा निर्वाचनबाट कार्यकारी उपाध्यक्षमा सञ्जय राउत र सुरज घिमिरे (महेश) , उपाध्यक्षमा प्रवीण बुढाथोकी, मनोज योञ्जन, नोना ढुङेल र सुजन ढकाल र जनसम्पर्क अधिकृतमा आशिका दाहाल निर्वाचित भएका थिए ।

त्यसैगरी २०२१ कालागि कानुनी सल्लाहकारमा तेजबहादुर पुरी (सन्तोष), महासचिवमा लोमनाथ दाहाल (लोमश), कोषाध्यक्षमा सञ्जयबाबु अधिकारीलाई मनोनीत गरिएको छ ।

अन्य समितिमा पहिलो बैठकले मनोनीत गर्दै लैजाने जनाइएको छ । २०२० का अध्यक्ष सन्तोष चौलागाईको सभापतित्वमा हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम आयोजना भएको थियो ।

नेपाली कांग्रेसका सुनसरी सभापति तथा प्रदेश नं १ प्रदेश सभाका प्रतिपक्षी दलका नेता राजिब कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न विधामा जेसीजलाइ योगदान पुर्याउने व्यत्तिलाइ सम्मान तथा पुरस्कृत गरिएको थियो ।