धरान : नेपाल चलचित्रकर्मी महासङ्घ १ नम्बरले विभिन्न स्थानमा न्यानो कपडा तथा कम्बल वितरण गरेको छ ।

सामाजिक कार्यमा पनि क्रियाशील रहदैं आएको नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश नं १ ले गरिब तथा असहाय व्यक्तिहरूको लागी जाडोबाट बच्नकालागी न्यानो कपडा कम्बल वितरण गरेको हो ।

चलचित्रकर्मीहरूको उपस्थितिमा शनिवार बिहान ११ः०० बजे सरस्वती बाल आश्रम धरान-३ तुर्केमा, दिउँसो १२ बजे मायाघर नेपाल इटहरी र १ बजे मानव सेवा आश्रम विराटनगरमा आश्रीतहरुलाई न्यानो कपडा वितरण गरेको नेपाल चलचित्रकर्मी महासङ्घ १ नम्बर प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए ।

सरस्वती बाल आश्रम धरानमा ३० जना बालबालिकालाई, मामाघर इटहरीमा १ सय १० जना आश्रीतहरुलाई र विराटनगर वृद्ध आश्रममा १ सय ४० जनालाई जाडोको न्यानो कपडा वितरण गरिएको हो ।

विराटनगरको कार्यक्रममा हाल जापान बसोबास गर्ने चलचित्रकर्मी विनोद बुढाथोकीले विराट वृद्धआश्रमलाई ५ हजार १ सय नगद समेत प्रदान गर्दै आफू जापान गएर त्यसै गरी कपडा सङ्कलन गरेर नेपाल पठाउने बताए ।

वितरण गरिएका ईनास युके परिवार र प्रतिभा नक्षत्र परिवार युकेले सहयोग गरेको नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश १ ले जनाएको छ ।

artist-cloth-donation