धरान : सङ्खुवासभाको सभापोखरी ३ फुकाम बस्ने ५२ वर्षीय सूर्य बहादुर घलेको भिरबाट लडेर मृत्यु भएको छ ।

शनिवार राती सङ्खुवासभाकै पावाबाट घर तर्फ फर्कने क्रममा बालिंगे भिरबाट लडेर घलेको मृत्यु भएको भनी आज बिहान साढे ३ बजे स्थानीयले प्रहरी चौकी बाह्रबिसेमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटी गई कानुनी कारबाही तथा थप अनुसन्धान समेत भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।