इटहरी : नेपाली काँग्रेस मोरङ जिल्ला सभापति डिक बहादुर लिम्बुले ईश्वरी प्रसाद कोइरालाको निधनले काँग्रेसलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

नेपाली काँग्रेस मोरङ क्षेत्र नम्बर ३ ९ख० का तत्कालीन सभापति कोइरालाको शोकसभामा बोल्दै उनले काँग्रेस एक भएर लागिपर्दा वहाँ प्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।

कोरोना महामारीको कारण गत मङ्सिर १८ गते निधन भएका कोइरालाको सम्झनामा उनकै निवासमा शोक सभा आयोजना गरिएको हो । काँग्रेस केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाको प्रमुख आतिथ्ययतामा आयोजित शोक सभामा मोरङका ५ सय बढी कार्यकर्ताको उपस्थिति थियो ।

जस्तो सुकै कठिन परिस्थितिमा पनि मुकाबिला गर्न सक्ने नेता काँग्रेसले गुमाएको छ ।, लिम्बुले भने, कोइरालाको परिपूर्ति गर्ने अर्को कुनै विकल्प नभए पनि काँग्रेस पार्टीका कार्यकर्ताले अबिछिन्न काम गरेर काँग्रेस लाई बलियो बनाउँदा उनी प्रति न्याय हुन्छ ।

कोइरालाले काँग्रेसका नेता कार्यकर्ता एक भएको हेर्न चाहेकोले मोरङका पार्टी कार्यकर्ता एक भएर परेको बेल सहयोग गर्ने भावनाको विकास गर्नुपर्ने बताए ।