विराटनगर : प्रदेश १ मा १३ हजार बढीले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

खोप सुरु भएको ५ दिनको अवधिमा १३ हजार २ सय ८३ जनाले खोप लगाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज सम्म सुनसरीमा २ हजार ६५४, झापामा २ हजार ५८१, मोरङमा २ हजार २२४, इलाममा १ हजार १०४, भोजपुरमा ५८२, ओखलढुङ्गामा ५६३, धनकुटामा ५३९, पाँचथरमा ४८९, तेह्रथुममा ४४२, खोटाङमा ३४६, उदयपुरमा ३३४, सोलुखुम्बुमा २२६, सङ्खुवासभामा २८१ र ताप्लेजुङमा २१८ जनाले खोप लगाएका छन् ।

प्रदेश १ मा माघ १४ गतेदेखि कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेतले मोरङमा ५, सुनसरीमा ४, झापा र इलाममा ३-३ र अन्य जिल्लामा १-१ वटा खोप केन्द्र मार्फत खोप लगाउने गरिएको बताए ।

प्रदेश १ मा पहिलो चरणमा सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सरफाईकर्मी सहित ३५ हजार ५७६ लाई खोप लगाइने कार्यक्रम छ ।