विराटनगर : १ नम्बर प्रदेश प्रहरी श्रीमती सङ्घले झापाको गौरिगंजमा न्यानो कपडा तथा खाद्यान्न सामाग्री वितरण गरेको छ । सामाजिक कार्यमा अग्रभागमा रही कार्य गर्दै आइरहेको प्रदेश प्रहरी श्रीमती सङ्घले असहाय तथा विपन्न व्यक्तिहरूको लागी न्यानो कपडा तथा खाद्यान्न वितरण गरेको हो ।

झापाको गौरिगंज गाँउपालिका-६ का ३५ घर परिवारलाई गौरिगंज भगवती प्राथमिक विद्यालयको प्राङ्गणमा आइतबार दिउँसो एक कार्यक्रममा बिच १ नम्बर प्रदेश प्रहरी श्रीमती सङ्घकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले ब्ल्याङ्केट तथा खाद्यान्न सामाग्रीहरू वितरण गरेकी हुन ।

उक्त कार्यक्रममा बोल्दै कार्कीले प्रदेश प्रहरी श्रीमती सङ्घले विविध सामाजिक कार्यहरू गर्दे आइरहेको सन्दर्भमा यस्ता कार्यहरूमा अझ क्रियाशील भई अगाडी बढ्ने बताइन ।

कार्यक्रममा प्रदेश प्रहरी श्रीमती सङ्घका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधि, स्थानियवासीहरु तथा स्थानीय सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।