धरान : खोटाङ दिप्रुङचुईचुम्मा ३ रोबलुङ छितापोखरी बस्ने ७५ बर्षीया चन्द्र कुमारी मगरको बसले किच्दा उनको मृत्यु भएको छ ।

आज बिहान सवा ८ बजे  छितापोखरी रसुवा घाट सहायक सडक खण्डमा ना ५ ख ९०२२ नम्बरको बसमा चढ्ने क्रममा चन्द्र कुमारी चिप्लिएर लड्दा सोही बसको पछाडिको चक्काले किच्दा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

बस र बस चालक सुनसरी बराहाक्षेत्र ४ का ३५ वर्षीय  दल बहादुर पौडेल प्रहरी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।