चतरा : नेपाली काँग्रेसका सुनसरी क्षेत्र नं ४ प्रदेश सभा १ का सभापति उपेन्द्रबहादुर कट्वालले वराहक्षेत्र ३ र ७ स्थित संयुक्त बाङ्गे गाइज फुटबल क्लबलाई जर्सी उपलब्ध गरेका छन् ।

उनले सोमबार जर्सीको सेट र पाँच थान फुटबल क्लबलाई उपलब्ध गराएका हुन् ।

क्षेत्र नं ४ मा युवाहरूको प्रिय पात्रको रूपमा राजनीति र सामाजिक सेवामा सक्रिय कट्वालले १५ थान जर्सीको सेट उपलब्ध गराएको क्लबका सदस्य प्रतीक राईले बताए ।