चतरा : नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री कार्यालयको खरिदारको संज्ञा दिएकी छिन ।

राष्ट्रिय युवा सङ्गठन वराहक्षेत्र नगर कमिटीको भेलालाई सम्बोधन गर्न प्रमुख वक्ता रूपमा आएकी रामकुमारी झाँक्रीले राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री कार्यालयको खरिदार सरहको कर्मचारी भन्दै राष्ट्रपतिको कडा आलोचना समेत गरिन ।

उनले हिजो गणतन्त्र विरोध गर्नेहरू गणतन्त्रको रजाइँ गरेको बताउँदै शासकको कुनै लिङ्ग नहुने बताइन । राष्ट्रपति बडामहारानीको शैलीमा अगाडि बढेको र ओलीले सेन्टिमेन्टल ब्ल्यामेल गर्दै आएको बताइन

उनले राष्ट्रपति भण्डारीकी छोरीको स्टाटसको जबाफ दिँदै उनले भनिन 'उषाकिरण आमालाई सोध्नु बाबुको हत्यारा को हो ? भनेर।'

महिलाका नाममा राजनितक अपराधलाई छुट दिन नमिल्ने र लोग्ने मरेपछि पछि श्रीमतीले टिकट पाउने प्रथाका कारणले राजनीतिमा सेन्टिमेन्टल ब्ल्याक मेल सुरु भएको आरोप लगाइन ।

वामदेव गौतम ओलीको दलाल

उनले वामदेव गौतमलाई ओलीको दलाल भएको आरोप लगाउँदै भनिन 'वामदेव गौतम २०७४ सालमा चुनाव हारेर प्रचण्डलाई भेट गर्न जाने मान्छे हुन ।'

तत्कालीन एमालेमा हुँदा बामदेवको निकटको रूपमा रहेकी झाँक्रीले केही वर्ष अगाडि ६० जना केन्द्रीय सदस्यको हस्ताक्षर गरेर माओवादीमा जाने प्रस्ताव बामदेवले नै गरेको खुलासा गरिन ।

बामदेवको ढुलमुले शैलीले नै पार्टी विभाजनको दिशामा गएको र आज वामदेव गौतम बिचल्ली भएको बताइन ।

'चुनाव हारेका व्यक्ति प्रधानमन्त्री हुने दौडमा लागेका छन् । वामदेव खराब मान्छे हुन भन्न नसक्दा आज यो परिस्थिति आएको समेत उनले बताइन । वामदेव बिरुद्द कडारुपमा खनिएकी झाँक्रीले वामदेव, बामदेव एण्ड कम्पनी भएको आरोप लगाउँदै जहान छोरा-छोरी ओली तिर पठाउँदै अनि पार्टी एकता गर्छु भन्नु बामदेवको चरित्र उदाङ्गो हुनु हो ।'