धरान : धरान उपमहानगरपालिकाको आयोजनामा आउँदो फागुन १५ गते देखि फुटबल ग्रास रुट ट्रेनिङ हुने भएको छ ।

धरान १६ स्थित रहेको रंगशालमा प्रत्येक शनिवार १२ वर्ष मुनिका बालबालिकाहरूलाई ग्रास रुट ट्रेनिङ दिइने भएको हो ।

आज धरान उपमहानगरमा एक कार्यक्रमको आयोजना गर्दै नगर प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी सुवेदी, खेलकुद संयोजक सुवास राई र कर्मचारीसहितको टोलीले खेलकुद सामाग्री फुटबल प्रशिक्षक अर्जुन राईलाई हस्तान्तरण गरेको छ ।

उपमहानगरपालिकाले फुटबल ३० थान, मार्कर ८० थान, कोण ९सानोठूलो० ४० थान, हडल्स २० थान, ब्लाडर २ थान, बिफ ३० थान र पोल स्ट्यान्ड ८ थान खेलकुद सामाग्री हस्तान्तरण गरेको हो ।

फुटबल प्रशिक्षक अर्जुन राईले सिक्न चाहने बालबालिकाहरूले निःशुल्क ग्रास ट्रेनिङमा सहभागी हुन पाउने बताए ।