धरान : झापा र खोटाङमा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

झापाको बिर्तामोड नगरपालिका १ मा बसले पैदल यात्रीलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।
हिजो दिउँसो पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख १५२० नम्बरको बसले पैदल यात्री बिर्तामोड नगरपालिका ६ का ३२ वर्षीय सागर मिश्रलाई ठक्कर दिँदा घाइते भएका मिश्रलाई उपचारको लागी बिर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आगलागीमा परि ७ वर्षीय बालकको मृत्यु
खोटाङको रावाबेशी गाउँपालिका ४ का उत्तम मगरको घरमा आगलागी हुँदा आगोले जलेर उनको ७ वर्षीय छोरा जेसेन मगरको मृत्यु भएको छ ।

हिजो दिउँसो ३ बजेको समयमा मगरको घरमा अचानक आगलागी हुँदा ७ वर्षीय बालकको जलेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।