धरान : धरान उपमहानगरपालिका १५ नं. वडा कार्यालयले धरान-१५ नीराजन बस्तीमा रहेको नीराजन बाल विकास केन्द्रलाई ५० हजार रुपैयाँ बराबरको न्यानो आधुनिक कार्पेट र खेल तथा शैक्षिक सामाग्री प्रदान गरेको छ ।

बाल विकास केन्द्र व्यवस्थापन समितिकी अध्यक्ष सावित्री इङ्वारमको अध्यक्षतामा सम्पन्न सामाग्री हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि १५ नं। वडा अध्यक्ष नरेश कुमार इङवारमले सामाग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै वडाको महिला तथा बाल-बालिका लक्षित बजेटबाट बाल विकास केन्द्रहरूलाई सामाग्री प्रदान गरिएको बताएका थिए ।

कार्यक्रममा नीराजन बस्ती कल्याण समाजका सचिव लोकराज निरौला, केन्द्र व्यवस्थापन समितिका सदस्यहरू पदमा राई, अम्बिका गुरुङ, गङ्गामाया खड्का निरौला गणेश कुमार इङवारम, शिक्षक चन्द्रकला राई लगायत अभिभावकहरूको उपस्थिति रहेको थियो ।