धरान : नेकपाको प्रचण्ड माधव समूहले गरेको बन्दको क्रममा आज बिहानै धरानमा झडप भएको छ ।

भानुचौकमा बन्दकर्ताहरुले टायर बालेर बिहानै देखि प्रदर्शन गरेका थिए । एउटा ट्याम्पोलाई बन्दकर्ताले अवरोध गर्न खोज्दा ट्याम्पोवालालाई दुर्व्यवहार गरिएको भन्दै यातायात मजदुरहरू प्रदर्शनमा उत्रिएका थिए । सो क्रममा दुवै पक्षबिच झडप भएको थियो ।

टायर बाल्नेक्रममा प्रहरीले अवरोध गरेको र बन्दकर्ताले बाल्न खोजे पछि मजुदरसंग सामान्य झडप भएको नेकपा सङ्घर्ष समितिका सहसंयोजक चोत्लुङले बताएका छन् ।

धरानमा अरू बेलाको बन्द भन्दा आजको बन्द भानुचौकमा बढी कडाइ गरिएको छ । भानुचौकमा बन्द कर्ता थुप्रै कार्यकर्ताहरूको उपस्थिति रहेको छ । यस्तै एकातिर मजदुरहरूको पनि उपस्थिति रहेको छ । धरानबाट लामा तथा छोटा दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् ।

Banda-2 Banda Banda-1