धरान : संवैधानिक निकायमा सरकारले प्रक्रिया मिचेर एकतर्फी रूपमा नियुक्ति गरेको भन्दै नेकपाको प्रचण्ड-नेपाल समूहले गरेको बन्दको क्रममा आज धरानमा फेरि प्रहरी र बन्दकर्ता बिच झडप भएको छ ।

बन्दकर्ताले यातायातका साधन रोक्नेक्रममा बन्दकर्तालाई प्रहरीले रोकपछि झडप भएको हो । झडपको क्रममा एक जना बन्दकर्ता राष्ट्रिय युवा सङ्घ नगर सहसंयोजक विजय तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका तामाङको तुरुन्त रिहाइ गर्न नेकपा सङ्घर्ष समितिका सहसंयोजक चोत्लुङले माग गरेका छन् । अहिले धरानको भानुचौकको अवस्था सामान्य रहेको छ ।