धरान : धरानका मेयर तिलक राईले वडा नं. १३ स्थित रहेको आधारभूत स्वास्थ्य चौकी भवन र अम्मर बस्ती ‘ख’को धनकुटे सडक जोड्ने करिब २० मिटर सडक खण्डको स्थलगत निरीक्षण गरेका छन् ।

बुधवार मेयर राईसहितको टोलीले आधारभूत स्वास्थ्य चौकी भवन र अम्मर बस्ती ‘ख’को निर्मित कल्भटदेखि धनकुटे सडक जोड्ने सडकको निरीक्षण गरेका हुन् ।

मेयर राईले उक्त सडकलाई धनकुटे रोडसम्म जोड्नका केही बजेट छुट्याउने प्रतिबद्धता व्यक्त गरे । निरीक्षणको क्रममा स्वास्थ्य चौकी भवनलाई पनि व्यवस्थित बनाउनका पहल गर्ने बताए ।

साथै वडाध्यक्ष नेत्र प्रसाद काफ्ले बाल सञ्जालका लागि भवन निर्माण बारे मेयर सँग सामान्य छलफल गरेका थिए ।