धरान : धरान जेसीजको शाखा अधिवेशनबाट वर्ष २०२१ को अध्यक्षमा मणिराज अधिकारी निर्वाचित भएका छन् ।

अधिवेशनबाट वर्ष २०२१ का लागी नयाँ कार्यसमिति चयन गरेको छ ।

निर्वाचन मार्फत वर्ष २०२१ का लागि सर्वसमतरुपमा मणिराज अधिकारी अध्यक्ष पदका लागि निर्वाचित भएका छन् भने कार्यकारिणी उपाध्यक्ष पदमा राजु शाह, खेमकला काम्बाङ (आयुष्मा) र उपाध्यक्ष पदमा अनिल श्रेष्ठ, इन्द्र कार्की, रिमा थापा मगर र ऋषीराम भट्टराई निर्वाचित भएका छन् ।

बुधवार सम्पन्न ३७ औ अधिवेशन तथा पुरस्कार वितरण कार्यक्रमको सभापति धरान जेसीज वर्ष २०२० अध्यक्ष तथा नेपाल जेसीस वर्ष २०२१ का उपाध्यक्ष दिपेन्द्र निरौला गरेका थिए ।

कार्यक्रममा १९ वटा विभिन्न विधामा जेसीस सदस्यहरूलाई पुरस्कार वितरण गरिएको थियो । धरान जेसीज सन् १९७५ मा संस्थापक अध्यक्ष श्याम गोविन्द श्रेष्ठबाट सुरु भएको थियो ।

धरान जेसीजलाई युवाहरूको ट्रेनिङ इन्स्टिच्युटको रूपमा परिचित संस्थाको रूपमा लिइन्छ । धरान जेसीजको ३७ औं शाखा अधिवेशनको समुद्घाटन धरान उपमहानगरपालिका मेयर तिलक राईले गरेका थिए ।

अधिवेशनको निर्वाचन अधिकृत निवर्तमान अध्यक्ष मनिष शाही, मनोनयन सभापति अतुल श्रेष्ठ र पुरस्कार वितरण सभापति वर्ष २०२१ अध्यक्ष सल्लाकार सन्दीप शाक्य रहेका थिए ।

Dharan-JCI-new-Team