धरान : नेकपा प्रचण्ड नेपाल समूहले आव्हान गरेको बन्दको क्रममा धरानबाट ३ जना र विराटनगरबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धरानमा आज बिहानै बन्दकर्ता र यातायात मजदुर बिच झडप भएको थियो । त्यस पछि हलेसी जलको पानी बोक्ने गाडीको सिसा फुटाएको भन्दै राष्ट्रिय युवा सङ्घ नगर सहसंयोजक विजय तामाङलाई प्रहरीले पक्राउ गरेको थियो ।

यसै गरी गाडीलाई भाटाले हिर्काउन खोजेको भन्दै फेरि पनि धरान प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खडबहादुर पौडेल र जीवन राई रहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताए । प्रहरीका अनुसार दुवै जना यातायात मजदुर रहेको बुझिएको छ । 

यसै गरी मोरङको विराटनगरमा ६ जना बन्दकर्ता पक्राउ परेको मोरङ प्रहरीले जानकारी दिएको छ । 
सवारी तोडफोडको आरोपमा विराटनगरको बरगाछीदेखि पूर्वतर्फबाट प्रचण्ड नेपाल समूहका कार्यकर्ता पारुल क्षेत्री शारदा मैनाली मिरा दाहाल, सँगम चौधरी उमेश ढुङ्गाना र चम्पा कार्कीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

Damak-BAnda