धरान : नेपाल कम्युनिस्ट पार्टी ओली समूह आबद्ध युवाहरूको सङ्गठन राष्ट्रिय युवा सङ्घ सुनसरीले पूर्णता पाएको छ ।

बुधवार इटहरीमा एक कार्यक्रम गरी बाँकी रहेका व्यक्तिहरूलाई जिम्मेवारी दिएको हो । जिल्ला संयोजक अरुण गुरुङको उपस्थितमा १ सय ५ सदस्य रहने गरी सङ्गठन बिस्तार गरेको हो ।

साथै भेलाले कार्यालय सदस्य र स्थानीय तहमा संयोजक र सह संयोजकको जिम्मेवारी समेत तोकेको छ । कार्यालय सदस्यमा पुकार पोख्रेल, सुजन लामा, रबी कार्की, रञ्जु सिग्देल र लक्ष्मण साह रहेका छन् । यस्तै केही स्थानीय तह धरानमा भएको भेलाले टुङ्गो लगाएको थियो भने केहीलाई बुधवार नै टुङ्गो लगाएको एक सदस्यले बताए ।

कुन स्थानीय तहमा कसलाई जिम्मेवारी ?

सुनसरीमा १२ स्थानीय तह मध्ये धेरै स्थानीय तहमा केही समय अघिको भेलाले जिम्मेवारी दिइसकेको छ भने बाँकीलाई बुधवार नै दिएको हो ।

इटहरी उपमहानगरमा संयोजक कमल दाहाल (विष्ट) सहसंयोजकमा सन्जीत शाह, धरान उपमहानगरमा संयोजक भवानी दाहाल सहसंयोजक भने तोकिएको छैन ।

यस्तै दुहबी नगरपालिकाको संयोजकमा सन्तोष तामाङ सहसंयोजकमा नीरज चौधरी, गढी गाउँपालिकाको संयोजकमा अतीत चौधरी सहसंयोजकमा दिनेश यादव, बर्जू गाउँपालिकाको संयोजकमा रोशन चौधरी सहसंयोजकमा जय नारायण गुरुङ छन् ।

यता कोसी गाउँपालिकाको संयोजकमा धिरेन्द्र पाठक सहसंयोजकमा राजेन्द्र यादव, देवानगञ्ज गाउँपालिकाको संयोजकमा सुरज मेहता सहसंयोजक तोक्न बाँकी रहेको छ ।

त्यस्तै भोक्रहा नरसिंह गाउँपालिकाको संयोजकमा रमेश कुमार यादव सहसंयोजकमा इसाक अन्सारी, रामधुनी नगरपालिकाको संयोजकमा अनीश साह सहसंयोजकमा विजय मटल ठकुरीलाई जिम्मेवारी तोकिएको छ ।

बराहक्षेत्र नगरपालिकाको संयोजकमा मणिराज तामाङ सहसंयोजकमा रबिन राई, इनरुवा नगरपालिकाको संयोजकमा प्रताप भट्टराई सहसंयोजक भने तोकिएको छैन । त्यस्तै हरिनगरा गाउँपालिकाको संयोजकमा जियाउँदिन अन्सारी सहसंयोजक साजिद आलम रहेका छन् ।

स्थानीय तहमा बाँकी रहेका पद पनि केही दिनमै तोक्ने तयारी रहेको जिल्ला संयोजक अरुण गुरुङले जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्र देखि प्रदेश, स्थानीय तह सम्म पार्टी फुटको सङ्घारमा पुगेपछि ओली समूह र माधव, प्रचण्ड समूहले आफ्नो संगठनलाइ मजबुत बनाउन लागि परिरहेका छन् । 

केही दिन अघि माधव प्रचण्ड समूहले पनि सुनसरी जिल्लामा सङ्गठन बिस्तार गरिसकेका छन् ।