धरान : आज शनिवार धरानमा विधुत अवरुद्ध हुने भएको छ ।

शनिवार बिहान ८ बजे देखी बेलुका ४ बजे सम्म धरानमा विद्युत् आपूर्ति बन्द हुने
नेपाल विद्युत् धरान वितरण केन्द्रका प्रमुख प्रताप बरालले कपुरी न्युजलाई जानकारी दिए ।

बरालका अनुसार निर्माणाधीन आँपगाछी तरहरा सडक अन्तरगत धरान ३३ केभी फिडरमा पर्ने तरहरा चोक स्थित पुरानो टावर हटाइ नयाँ टावरबाट लाइन सुचारु गर्नुपर्ने भएकोले शनिवार बिहान ८ बजेबाट अपराह्न ४ बजे सम्म विद्युत् अवरुद्ध हुने भएको हो ।

रानी विराटनगर इटहरी सडक योजनाबाट आएको पत्र अनुसार टावर परिवर्तन गर्नु पर्ने भएकोले धरान वितरण केन्द्र अन्तरगतको सेवा क्षेत्र धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाको केही स्थानमा विद्युत् अवरुद्ध हुने केन्द्रले जनाएको छ ।

उल्लेखित समय भन्दा अगावै काम सम्पन्न भए लाइन अगावै सुचारु हुने धरान वितरण केन्द्रले जनाएको छ ।

Dharan-Ma-biduhut-jane