बेलबारी : मोरङको बेलबारी नगरपालिकाले कृषकहरूलाई व्यावसायिक बनाउने उद्देश्यले विभिन्न कृषीयन्त्रिक उपकरण वितरण गरेको छ ।

नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले कृषकहरूलाई पावर टिलर, मकै थ्रेसर र गोलासहितको माहुरीको घार वितरण गरेको हुन । कृषकहरूलाई व्यावसायिक कृषीमा जोड दिनका लागि कृषि उपकरण वितरण गरिएको नगर प्रमुख सुवेदीले बताए । परम्परागत खेतीलाई विस्थापित गरी आधुनिक प्रणाली मार्फत यन्त्र उपकरण प्रयोग गरेर खेती गर्दै कृषकहरूलाई व्यावसायिक बन्न मदत पुगोस् भन्ने उद्देश्यले कृषकहरूलाई सहयोग गरेको मेयर सुवेदीले बताए ।

एक वडा एक उत्पादनको नीति लिएको नगरपालिकाले १० थान पावर टिलर, २० थान मकै छोडाउने मकै प्रेसर, गोला सहितको ६० घार माहुरी तथा ६ थान मिनिटिलर वितरण गरिएको कृषि शाखाका प्रमुख विनोद दाहालले बताए । कृषि यन्त्रिकरणहरु व्यावसायिक  कृषक समूह, फर्महरूलाई प्राथमिकता आधारमा वितरण गरिएको दाहालले बताए ।

कृषीयन्त्रहरु नहुँदा खेती गर्न असहज भइरहेको अवस्थामा अब भने समय र खर्चको समेत बचत हुने  तथा आम्दानी समेत वृद्धि हुने अपेक्षा रहेको प्रगतिशील महिला कृषक समूहकी अध्यक्ष सजय कुमारी राईले बताइन ।

प्रत्येक वर्ष कृषक, कृषक समूह तथा व्यावसायिक कृषि फर्महरूलाई यन्त्र तथा बिउ बिजनहरू प्रदान गर्ने  गरेको प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले बताए ।