धरान : धरान उपमहानगरपालिकाका मेयर तिलक राईले सार्वजनिक यातायात महिला यात्रुप्रति सम्मान जनक ढङ्गले व्यवहार प्रदर्शन गर्नु पर्ने बताएका छन्।

इलाका प्रहरी धरानले आयोजना गरेको सवारी साधनमा हुने महिला हिंसा तथा यौनजन्य दुर्व्यवहार विरुद्धको विशेष अभियान सेप्टी पिन क्यापेन अन्तर्गतको कार्यक्रमका प्रमुख अतिथि मेयर राईले भानुचौकका सवारी साधनमा चालक तथा यातायात मजदुरहरूलाई सो कुरा बताएका हुन । उनले चालक तथा यातायात मजदुरहरूलाई सचेतनामूलक पर्चा वितरण गर्दै सम्मानपूर्ण व्यवहार गर्न अनुरोध गरेका थिए।

उनले आमा, दिदीबहिनी, भाउजू, छोरी, भान्जी, श्रीमती आदी नामले सम्बोधन गरिने महिलाहरू नै सार्वजनिक सवारी साधनमा असुरक्षित बन्दै गएको बताउँदै मेयर राईले भने ‘महिला प्रत्येक घरको इज्जत प्रतिष्ठा सम्मान हो, सार्वजनिक स्थलमा र सवारी साधनमा महिलालाई सम्मानपूर्ण व्यवहार गरौँ’ ।

महिला, कलेज पढ्ने विद्यार्थी बालबालिका सबैको गतव्य स्थानमा पुग्ने माध्यम सार्वजनिक यातायात भएकाले हाम्रो सुन्दर नगरी धरानलाई महिला हिंसा मुक्त धरान बनाउन सवारी साधनमा कार्यरत सबै मानिसको भूमिका अहम् रहेको बताए।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान कार्य योजना शाखाबाट तयार भएर आएको सेप्टी पिन क्यापेन धरान समितिका अध्यक्ष तथा धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले सार्वजनिक स्थलमा बाटो छेकेर पछ्याउने, छोएर, अनावश्यक धकेल्ने, हमला गरेर, हर्न बजाएर, शङ्कास्पद हेराई, किसिङ न्वाईज गर्ने वा अश्लील हाउभाउ यौन क्रियाकलाप जनाउने भाषा प्रयोग गरेमा वा महिलालाइ असहज हुने व्यवहार भएमा महिला माथि दुर्व्यवहार भएको मानिने बताए ।

चुप लागेर बसे इज्जत जान्न भन्ने सोच्नाले यौनजन्य दुर्व्यवहारको झन् बढुवा भएकाले त्यस्ता व्यवहार भएमा तत्काल प्रहरीमा सम्पर्क गर्न अनुरोध गरे।

'महिला माथि हुने यौनजन्य दुर्व्यवहारको अन्त्य गरौँ' भन्ने नारा लिएर सेप्टी पिन क्यापेन अभियान नेपालभरी चलिरहेको र आपराधिक र असामाजिक क्रियाकलाप भएको थाहा भएमा वा भइरहेको खबर प्रहरीलाई प्राप्त भएमा तत्काल कारबाही गरिने उनले बताए ।

tilak rai mahila samman -2