धरान : विगत तीन वर्षदेखि सफाइका घरायसी सामानहरू उत्पादन गर्दै आएको हसिना ग्रुपले ग्राहक तथा विक्रेता लक्षित उपहार योजना सुरु गरेको छ ।

प्रदेश १ र २ नं. मा आफ्नो बजार विस्तार तथा विक्रेताहरूलाई हौसला प्रदान गर्ने उद्देश्यले हसिना ग्रुप प्रा.ली.ले माघ २५ गतेबाट विक्रेता तथा ग्राहक वर्गलाई सामान खरिद गरे बापत भित्ते घडी उपहार दिने कम्पनीले जनाएको छ ।

इटहरी-१२ खनारमा रहेको भट्टराई हार्डवेयरका प्रोप्राइटर हेमन्त भट्टराईलाई हसिना ग्रुपका सञ्चालक द्वय उमानाथ आचार्य र रोहित राईले भित्ते घडी उपहार प्रदान गरी हसिना विक्रेता तथा ग्राहक उपहार योजनाको सुरुवात गरिएको हो ।

उपहार प्रदान गर्दै कम्पनीका अध्यक्ष उमनाथ आचार्यले हाम्रो उत्पादन मन पराई विक्री वितरण गरी उपभोक्तासम्म पु¥याइदिएकोमा हेमन्त भट्टराईलाई धन्यवाद ज्ञापन गर्दै उपहार प्राप्त गर्नु भएकोमा बधाई समेत दिए ।

अर्का कम्पनीका सञ्चालक रोहित राईले स्वदेशी उत्पादनलाई नै प्राथमिकतामा राखेर हाम्रो कम्पनीबाट उत्पादन भएको ट्वाइलेट क्लिनर, फिनेल, गिलास क्लिनर, भाडा धुने सप, लुगा धुने सप, ड्रिष्टिल वाटर लगायतका सफाइका सामान खरिद गरी विक्री वितरण गर्नु भएकोमा धन्यवाद व्यक्त गरे।

हार्डवेयर व्यवसायी हेमन्त भट्टराईले २ वर्षदेखि हसिनाद्वारा उत्पादित सफाइका सामानहरू खरिद गरी विक्री वितरण गरेको र उपभोक्ताहरूले रुचाइएको र कम्पनीको तर्फबाट उपहार पाउँदा खुसी व्यक्त गरे ।

कम्पनीको सामान खरिद गरेबापत सबै विक्रेताहरूले उपहार पाउनेछन् ।

Hasina-Upahar