नडाहा : ग्रामीण पत्रकार समूह बराहक्षेत्रद्वारा आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार चक्रघटिमा रहेको पारालिगलको भवन पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धरानको प्राविधिक सहयोगमा ४४ पिन्ट रगत सङ्कलन भएको संस्था सचिव सङ्गम विष्टले बताए ।

रक्तदान गर्न बराहक्षेत्र नगरपालिका कर्मचारी , इलाका प्रहरी कार्यालय महेन्द्रनगर, बाङ्गे गाइज , ग्रामीण पत्रकार समूह सदस्य लगायत विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम बराहक्षेत्र नगरपालिका उप प्रमुख कमल मगरको प्रमुख आतिथ्य एवम् बराहक्षेत्र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेश प्रसाद पोखरेल र चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक बाबुराम खत्री (दाहाल) विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रमुख अतिथि मगरले ग्रामीण पत्रकार समूहले उदाहरणीय कार्य गरेको र उक्त रक्तदान कार्यक्रम गरेर समाजकालागि राम्रो काम गरेको भन्दै ग्रामीण पत्रकार समूहको प्रशंसा समेत गरे ।

कार्यक्रम सफल बनाउन बराहक्षेत्र नगरपालिका कार्यालय,चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी, महेन्द्रनगर साना सहरी तथा खानेपानी संस्था, बराहक्षेत्र ६ नम्बर वडा कार्यालय, उद्योग वाणिज्य सङ्घ चतराले विशेष सहयोग गरेको समूहका अध्यक्ष हिरण्य कार्कीले बताए ।