विराटनगर : मोरङ र झापामा सोमवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

मोरङको बेलवारी नगरपालिका १ मा सोमवार दिउँसो को ९ प ७१८८ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिँदा घाइते भएकी स्थानीय १७ बर्षीया कल्पना लिम्बुको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

स्कुटर चालक बेलवारी ४ का २७ वर्षीय अनमोल बस्नेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसै गरी झापाको गौरिगञ्ज गाउँपालिका ९ मा को १३ प २०४० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक गौरादह नगरपालिका ९ का ३९ वर्षीय पुरुषोत्तम फुँयलको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।