झापा : आज बिहानै ताप्लेजुङ केन्द्रबिन्दु भएर ५ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले ताप्लेजुङको ओलांगचुंगोला केन्द्रबिन्दु भएर आज बिहान ७ बजेर ३५ मिनेट जाँदा भूकम्प गएको जनाएको छ ।

भूकम्पबाट क्षति भए नभएको विवरण अहिलेसम्म प्राप्त भएको छैन । भूकम्पको धक्का पूर्वी नेपालमा महसुस गरिएको थियो ।