धरान : छुरा प्रहार गरेर फरार रहेका एक जनालाई धरान प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राति ८ः ४० बजे धरान उपमहानगरपालिका वडा नं। १५ बस्ने वर्ष २१ को कैलाश मरिकलाई छुरा प्रहार गरी फरार रहेका पथरीशनिश्चरे ६ बस्ने हाल धरान १५ बस्दै आएका २३ वर्षीय ईश्वर परियारलाई धरान प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

छुरा प्रहारबाट घाइते भएका कैलाश मरिकलाई तत्कालै उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा घाइतेको अवस्था गम्भीर भएकोले उनलाई थप उपचारको लागि मनमोहन सामुदायिक अस्पताल काठमाडौँ पठाइएको छ ।

छुरा प्रहार गर्ने ईश्वर परियारलाई ज्यान मार्ने उद्योग कसुरमा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।