धरान : सुनसरीको बराहक्षेत्र नगरपालिका ५ मा गए राती मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

राती साँढे ७ बजेको समयमा प्रदेश १९ ०२९०४३ प ८८२७ नम्बरको मोटर साइकलले पैदल यात्री बराहक्षेत्र नगरपालिका ४ का ३९ वर्षीय महेन्द्र साहलाई ठक्कर दिँदा घाइते भएका साहको उपचारको क्रममा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।