झापा : झापाको मेचीनगर नगरपालिका ९६ काकरभिट्टाबाट ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले स्थानीय ३३ वर्षीय शम्भु भण्डारी र २५ वर्षीय दिलीप लिम्बुलाई १ ग्राम लागुऔषध ब्राउनसुगर सहित गए राती साँढे ७ बजे पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।