धरान : धरान-९ स्थित बगैचा लाइनमा आगलागि भएको छ ।

पुरुषोत्तम सुवेदीको घरमा आज विहान साढे १० बजे आगलागी भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । सुबेदीको घरमा भुइतलामा भएको परालमा आगलागी भएको बताईएको छ ।

पक्कि घरमा राखिएको पराल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

आगलागी स्थानीय, प्रहरी र धरान उपमहानगरपालिकाको दुई वटा दमकलले नियन्त्रणमा लिएको छ ।