इटहरी : इटहरी उपमहानगरमा अपाङ्गगता भएका ब्यक्ति तथा वालवालिकाका लागि भएको निशूल्क स्वास्थ्य शिविरमा एघार सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

माघ १८ देखि २७ गते सम्म स्वास्थ्य शिविर आयोजना गरिएको हो । प्रत्येक वडाका अपाङ्गगता भएका ब्यक्तिहरुलाई सहज हुने स्थानमा स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

अपाङ्गगता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम अन्र्तगत निशूल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । इटहरी उपमहानगर,प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको त्रिपक्षीय साझेदारीमा इटहरी उपमहानगरमा अपाङ्गगता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम संचालित छ ।

माघ १८ गते वडा नम्वर २ को पूराणचौकमा अपाङ्गगता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम समन्वय समिति संयोजक उपमेयर लक्ष्मी गौतमले उदघाटन गरेकी थिईन् । त्यस पछि नौ दिनसम्म वडा वडाका पायक पर्ने स्वास्थ्य केन्द्र तथा स्थानहरुमा स्वास्थ्य शिविर संचालन गरिएको हो ।

स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण,मनोपरामर्श,कुपोषण सम्वन्धि परामर्श दिइएको छ । हाडजोर्नीको अप्रेसन र हातखुटटा वाङ्गगिएको भए उपचारका लागि रेफर गरिएको छ । यस्तै अपाङ्गता भएका ब्यक्तिहरुलाइ सहायक समाग्री वितरणका लागि र अपाङ्गता परिचय पत्र प्राप्त नगरेको भए परिचय पत्रका लागि सूची समेत तयार गरिएको छ ।

उपमेयर लक्ष्मी गौतमका अनुसार सुरुमा सर्भे गर्दा इटहरीमा १८ सय अपाङ्गगता भएका ब्यक्ति पाइएको थियो । यो स्वास्थ्य शिविरवाट परिचय पत्र वनाउन चार सय १३ जना छुटेको पाइएको छ । उहाँहरुको परिचय पत्रका लागि सूचिकृत गरिएको छ ।

छुटेका ब्यक्तिहरुको परिचय पत्र वनाएर वडा वडा वाट वितरण गरिने सामाजिक विकास शाखाकी अघिकृत माया राईले जानकारी दिइन् । उपमेयर गौतमका अनुसार स्वास्थ्य शिविरवाट थप उपचार गर्नुृपर्ने ब्यक्तिहरुलाई रेफर गरिएको छ ।

सेतो छडि,हिवल चेयर,कृतिम अंग प्रदान गर्नुृपर्नेहरुको सूचि तयार गरिएको छ उनीहरुलाई ती समाग्री प्रदान गरिएको छ । आफनै गाँउ ठाँउमै स्वास्थ परीक्षण गर्न पाउदा अपाङ्गगता भएका ब्यक्तिहरु उत्साहित भएका छन ।